24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बाराका एकसहित वीरगंजमा थप ३ काेराेना संक्रमितकाे मृत्यु

वीरगंज । पर्सामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष,पहिचान नखुलेका ६० वर्षीय पुरुष र बारा कोल्भीका ६० वर्षीय पुरुष रहेका छन ।

संक्रमित तीनमध्ये दुई जनाको कोरोना कोभिड अस्पतालमा र एकजनाको नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए । 

उनका अनुसार ५३ वर्षीय पुरुषको सोमबार राति वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा, ६० वर्षीय पुरुषको मंगलबार बिहान गण्डक कोभिड अस्पतालको आइसियुमा र पहिचान नखुलेको ६० वर्षीयको सोमबार राति ८:४५ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो ।

हरपतगंजका ५३ वर्षीय पुरुषमा साउन ३१ गते, काेल्भीका ६० वर्षीय पुरुषमा भदौ १० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे भने पहिचान नखुलेको ६० वर्षीय पुरुषमा मृत्युपछि काेराेना संक्रमण पुष्टि भएकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

पहिचान नखुलेका पुरुष शनिबार बेवारिसे अवस्थामा वीरगंजकाे महाविरस्थान सडकमा पेटीमा भेटिएका थिए । 

१७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

यस्तै काेल्भीका ६० बर्षिय पुरुष १० भदौबाट उपचाररत  मधुमेहको समस्या रहेका उनमा पछिल्लो समय श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.077 sec. Memory consumption:81.47 mb