22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा अवैध कपडासहित माेटरसाइकल प्रकाउ

वीरगंज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पकहा मैनपुरले अबैध कपडासहित भारतिय मोटरसाइकल पक्राउ गरेको छ ।

गएराति एक बजे पकहा मैनपुर गाउँपालिकाको वडा नं. १ धोरेस्थित सिमा क्षेत्रबाट बिआर ० एसआर ६९६३ नम्बरको भारतिय मोटरसाइकलसहित एक बोरा कपडा बरामद गरिएको विओपी पकहा मैनपुरका सशस्त्र प्रहरी निरिक्षक अमृत केशीले वताए ।

प्रहरी गस्ती टोलीले कुर्ता सुरुवाल, साडी, ब्यालाउज भएको एक बोरा कपडासहित मोटरसाइकल बरामद गरेको प्रहरी निरिक्षक केशीले जानकारी दिए । बरामद भएको कपडा करिब रु ५० हजार मूल्य बराबरको रहेको उनले जनाए ।

तर स्थानियहरुका अनुसार राती १० बजे कै करिबमा सशस्त्र प्रहरीले तस्करसहित कपडा र मोटर साइकल पक्राउ गरेको थियो । पछि सशस्त्र प्रहरीले मान्छेलाई छोडेर अवैध कपडा र मोटसाइकल मात्र भन्सार बुझाएको हो ।

बरामद गरिएको कपडा र भारतिय नम्बरको एसपलेन्डर मोटरसाइकल भन्सार बुजाइएको प्रहरी निरिक्षक केशीलेसमेत जानकारी गराए । प्रहरी गस्ती टाेलीलाई देख्ने वितिक्कै तस्कले कपडा र माेटरसाइकल छाेडी भागेकाे हुन सकने उनकाे भनाई थियाे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.371 sec. Memory consumption:81.45 mb