29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो। 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहीबार साँझ ६: ४५ मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

क्षयरोग, मधुमेह र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि साउन २ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा लगेर भर्ना गरिएको थियो। 

उपचारका क्रममा बुधबार उनको स्वाब संकलन गरेर परिक्षण गर्दा कारोना पुष्टि भएपछि उनलाई बुधबार राति वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो। 

अस्पतालको आइसीयूमा भर्ना गरिएका उनको स्वास्थ्य झन बिग्रिएपछि बिहीबार साँझ भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.148 sec. Memory consumption:81.47 mb