29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

वीरगन्ज । पर्सामा बुधबार कोरोना संक्रमणले थप एकजनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका– ५ रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो । 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । 

मधुमेहकी रोगी ती महिलामा निमोनियाको पनि समस्या भएपछि चार दिन पहिले अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।अली अर्थो ट्रमा सेन्टरमै उपचारका क्रममा भदौ २ गते उनको स्वाब संकलन गरिएको थियो । उनको पीसीआर रिर्पोट पोजिटिभ आएको थियो । 

कोरोना पुष्टि भएपछि ती महिलालाई मङगलबार राति ११ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई बुधबार बिहान ११ बजे भेन्टिलेटरमा राखिएको थियो ।

यसअघि मङगलबार पनि वीरगन्जमा कोरोना संक्रमणका कारण दुई पुरुषको मृत्यु भएको बुधबार विहान पुष्टि भएकाे थियाे । 

वीरगन्ज–४  विर्ताका ८४ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको थियो। वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा उपचारका क्रममा मङगलबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

बुधबार अपरान्ह संक्रमित १ महिलाको मृत्यु भएसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ। साउनमा मात्रै २८ जनाको मृत्यु भएको छ । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३१ मध्ये पर्साका २३, बाराका ५ र रौतहटका २ जना हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुल्न सकेको छैन। 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.357 sec. Memory consumption:81.47 mb