22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्साको धोरेस्थित नाकामा मल ल्याउने विषयमा विवाद

वीरगन्ज । पर्साकाे ग्रामिण भेगकाे धाेरेस्थित सिमानाकामा आज विहान सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएकाे छ ।
 
सिमामा खटेका शसस्त्र प्रहरीले तस्करलाई छुट र सर्वसाधारणलाई दु;ख दिएकाे भन्दै स्थानियहरु बिराेधमा उत्रेपछि विवाद भएकाे थियाे । स्थानियहरुका अनुसार आफुलाई पत्रकार बताउने स्थानिय चन्द्रिका पटेलले सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई मिलाएर भारतबाट रसायनिक मल ल्याएपछी स्थानियहरु विरोधमा उत्रिएका थिए ।
 
सिमानाकामा बसेका स्थानियहरु सिमापारीबाट ल्याएकाे मल राेकेर हाे-हल्ला गरेपछि शसस्त्र प्रहरी र स्थानिय बिच विवाद उत्पन्न भएकाे थियाे ।
 
स्थानियले पत्रकार भन्ने ब्यक्तिलाई भारतबाट रासायनिक मल ल्याउने दिने र किसानलाई भने एक बोरा पनि मल ल्याउन नदिने भनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट घेराउ गरी हुहल्ला गरेपछि केही बेर तनावको स्थिति समेत उत्पन्न भएको थियो ।
 
पकाहा मैनपुर बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले स्थानियहरुलाई समझाइ बुझाइ अब देखी कसैलाई सिमापारीबाट आवत जावत र माल सामान ल्याउन नमिल्ने वताएपछि स्थिति साम्य भएको थियो ।
 
पक्राउ गरीएको रसायनीक मल र साईकल आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक विष्णु उप्रेतीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:3.808 sec. Memory consumption:81.25 mb