26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

वीरगञ्ज । पर्सामा थप एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । नारायणी अस्थायी काेराेना अस्पताल वीरगंजमा बिहिबार विहान मृत्यु भएकाे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतकाे कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘दुई दिन अगाडी साँझतिर भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि गएरातिबाट भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौं । बिहान मृत्यु भयो,’ उनले भने, ‘अपरान्ह पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.735 sec. Memory consumption:81.47 mb