26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज श्रीपुरका २७ सहित पर्सामा थप ३५ जनामा काेराेना संक्रमण

बीरगन्ज । बीरगन्जस्थित नारायणी अस्पतालकाे ल्याबमा गरिएको पछिल्लो परिक्षणमा बाराका ५ सहित ३८ जनामा संक्रमणको पुष्टि भएको छ । पर्साका ३५ र बाराका ३ जनामा संक्रमण पुष्टि भएकाे ल्याब स्राेतले जनाएकाे छ ।

थपिएका ३८ जना संक्रमितहरुमध्ये ४ जना महिला रहेका छन् । संक्रमितहरु १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेका छन् ।

आईतबार साँझ नयाँ थपिएका संक्रमितहरुमध्ये अधिकांश बीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका छन् । बीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका सबैभन्दा बढी २७ जना रहेका छन् । 

त्यसैगरी, बीरगन्ज वडा नं. १० घडिअर्वाका १ जना, बीरगन्ज वडा नं. ४ विर्ताका १ जना, बीरगन्ज वडा नं. १५ भिस्वाका पनि १ जना रहेका छन् । पछिल्लो परिक्षणमा प्रहरीका १ जना र नेपाली सेनाका १ जनामा पनि संक्रमण देखिएको छ । 

त्यस्तै, सखुवाप्रसौनी र सेढवाका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ । थपिने संक्रमितमा बारा जिल्लाका ३ जना रहेका छन् । एक जना भारतीयमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैबीच, नारायाणी कोरोना विशेष अस्पताल गण्डकबाट आईतबार ७ जना डिस्चार्च भएका छन् । काेराेना मुक्त भएर ३ महिलासहित ७ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.853 sec. Memory consumption:81.47 mb