23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

तिलावे नदिमा बेपत्ता भएकाे बालकको शव भेटियो

वीरगंज । तिलावे नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको बुधबार बिहान शव भेटिएको छ ।

बेपत्ता बालक वीरगन्ज महानगरपालिका– १९ बिन्दवासिनीका मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

मंगलबार दिउँसो ४ जना साथीहरूसँगै नुहाउने क्रममा सुमित नदीमा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले खाेजी कार्य सुरु गरेकाे थियाे ।

फेला पारेको शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.736 sec. Memory consumption:81.49 mb