23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

जि.पि. काेइराला फाउन्डेसनद्वारा वीरगंजका २ पत्रकार पुरस्कृत

वीरगंज । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापतिको ९६ औंं जन्मोत्सवको अवसरमा शनिबार दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार कन्हैयालाल केसरी र निलिमा पौडेललाई पुरस्कार प्रदान गरिएको हाे । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारिताको माध्यमबाट नेपालमा गण्तन्त्रका लागि कलम चलाएर विशेष योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो ।

जी.पी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले यस वर्षबाट पत्रकार सम्मान कार्यक्रम सुरु गरेको बताए । गण्तन्त्र नेपालको परिवेशमा सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको अध्यक्ष सहाबुदिनको जिकिर गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौरासियाले नेपालको राजनीतिक परिवर्तनमा गिरिजा प्रसाद कोईरालाले ठूलो योगदान पुर्याएको चर्चा गरे ।

प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले अहिले प्रदेश २ सरकारका मन्त्रीहरूले जनताको भावना भन्दा पनि आफ्नो कार्यकर्ता पाल्ने बजेट ल्याएको आरोप लगाए ।

फाउन्डेसनका अध्यक्ष सहाबुदिनको अध्यक्षतामा भएको र्कायक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मी, प्रेस संगठन पर्साका संयोजक नीरज पिठाकोटे मगर, प्रध्यापक हरेराम ठाकुर, प्राध्यापक रुदल ठाकुर, नेपाली कांग्रेसका नेता रामरुप कुमी, फाउण्डेशनका सचिव धिरज कुमार गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.467 sec. Memory consumption:81.5 mb