23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

एक सय ३६ जनाद्वारा रक्तदान

वीरगञ्ज । नेपाल विद्यार्थि संघ पर्साले शनिबार आयाेजना गरेकाे आकस्मिक रक्तदान कर्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजमा भएकाे कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

संघका कर्यबाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विबेदी, जिल्ला सचिव श्याम पटेल, अरबिन्द गुप्ता, रोशन लामिछाने, बिरेन्द्र यादव, रामनारायण कुर्मी, सुधीर पटेल, विकेश पटेल लगायतको उपस्थिती रहेको थियो ।

यस्तै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजनामा भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदाय – प्रहरी साझेदारी अन्तर्गत शनिबार त्रिमुर्ती हल नजिक रहेकाे सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा भएकाे कार्यक्रममा ५ महिलासहित ३५ जनाले रक्तदान गरेकाे आयाेजकले जनाएकाे छ ।

सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधान (दिलिप) को अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.218 sec. Memory consumption:81.48 mb