23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

राईजिङ नेपालकाे स्थापना दिवसकाे अवसरमा ४८ जनाद्वारा रक्तदान

वीरगंज । राईजिङ नेपालले आफ्नाे चौथो स्थापना दिवसको उपलक्ष्यमा शुक्रबार आयाेजित कार्यक्रममा २ महिला सहित ४८ जनालाले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष अध्यक्ष मन्टु गिरिकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारी बस्नेतले रक्तदाताहरुलाई रक्तदान गर्ने बैग हस्तान्त्रण गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

वीरगंज फुलवारी टाेलस्थित आयाेजक संस्थाकाे कार्यालयमा भएकाे कार्यक्रममा अनु गुप्ता, आशा कुमारी, सुनिल प्रसाद राउत, नाैसाद अन्सारी, रवि बर्णवाल, गाैरीशंकर सिंह, गाैराै बर्मा, सुबाेद पाैडेल, कुन्दन पटेल, धिरज शर्मा, मुन्ना गिरी, रमेश साह, सराेज अन्सारी, राइल खान लगायत ४८ जनाले रक्तदान गरेकाे आयाेज संस्थाले जनाएकाे छ ।

कार्यक्रममा रेडक्र्सका दयाशन्कर सिह, समाजसेवी राजन श्रीवास्तव, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थित रहेको थियो भने प्राबिधिक सहयोग रक्तसञ्चार केन्द्रका जितेन्द्र प्रसाद कुशवाहा र सुजित पटेलको टोलिले गरेको थियाे ।

साे अवसरमा संस्थाका अध्यक्ष गिरीले दुर्व्यसनमा फसेका असाहाय तथा एक्ल व्यक्तिहरुलाई निशुल्क र गरिब तथा निम्न बर्गका प्रभावित व्यक्तिहरुलाई सेवाग्राहीको परिवारलाई आर्थिक भार कम पर्ने गरि संस्थाले उपचार सेवा प्रदान गर्ने घोषणा समेत गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:220. Generation time:3.601 sec. Memory consumption:81.84 mb