21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

नारायणी अस्पतालको आईसोलेशनबाट थप १८ जना डिस्चार्ज

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको    आईशोलेसनमा उपचारर १८ जना कारोना संक्रमित आइतबार राति कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

कोरोना मुक्त हुनेमा वीरगन्जको छपकैया-३ का एकै परिवारका छन्। चार महिने शिशुसहित उनीहरूलाई आइतबार राति १० बजे डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

गत वैशाख २४ गते कोरोना पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन्। उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट मदन कुमार उपाध्यायले जानकारी दिए।

यसअघि पनि शनिबार जेठ १० गते नारायणी अस्पतालमा उपचार गराईरहेका ९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए।

नारायणी अस्पतालको आईसोलेशनमा उपचार गराईरहेका ६२ जना मध्ये १८ जना निको भई घर फर्केका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.117 sec. Memory consumption:81.5 mb