20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठाकुर रामकाे क्वारेन्टाइनमा रहेका भारतियहरुलाई घर पठाइयाे

वीरगन्ज । नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाइ वीरगन्जमा करिब ५० दिनदेखि फसेका १ सय ९८ भारतीयलाई मङ्गलबार भारत सरकारको जिम्मा लगाएर पठाइएको छ । वीररगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोश्रो सातादेखि राखिएका ९८ र वीरगन्ज स्थित आफन्तको घरमा बसेका १ सयजनालाई भारत पठाइएको हो ।

वीरगन्ज स्थित एकीकृत भन्सार जाँच चौकी आइसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए । उनीहरुलाई लिन भारतबाट आइसीपीमा ७ वटा बस आएको थियो । त्यही बसमा चढेर भारतीय आफ्नो घर र्फिएका हुन् ।

आइसीपीमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीललाई जिम्मा लगाएर पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कुवँरले बताए।

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न शहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्कने क्रममा वीरगन्ज नाकामा चैत दोश्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.474 sec. Memory consumption:81.47 mb