31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

अदालत पुगेर प्रियंका र आयुष्मानले गरे विवाह

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे चर्चा केही दिनदेखि चलिरहेको छ । बिहेमा हुने विभिन्न समारोहमा सहभागी भएर उनीहरुले बिहेलाई भव्य बनाइरहेका छन् । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् ।

यसैविच, उनीहरुले बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।

कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:4.434 sec. Memory consumption:81.66 mb