29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जिपि कोईराला गोल्डकपको फाइनलमा सप्तरी प्रवेश

वीरगन्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।

वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्शनगर रंगशालामा भएको महोतरी र सप्तरीे पहिलो समिफाइनल खेलमा पहिलो हाफको ३३ औं मिनेटमा महोतरीका मन्जित आले सोसाईट गोल गरेका थिए ।

सोसाईट गोल लगतै महोतरीका सनम आले ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफसम्म एक–एकको बराबरी भएको खेलमा दोस्रो हाफमा सप्तरी एक गोल थप्दै फाइनल यात्रा सुरक्षित गरेको छ । सुसिल यादलले खेलको ६३ औँ मिनेटमा गोल गर्दै सप्तरीकोे जित सुनिश्चित गरेका थिए।

खेलमा म्यान अफ दी म्याच सप्तरीका सुसिल यादल भएका छन् । माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद सहित कप र मेडल पाउनेछ ।

जिपी कोइराला फाउण्डेशनले आयोजनामा भइरहेको प्रतियोगताको पहिलो सेमिफाइनलमा सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ । दोस्रो सेमिफाइनल धनुषा र बारा भोली बिहीबार खेल्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.956 sec. Memory consumption:81.55 mb