31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कालिकामाईमा बन्ध्याकरण घुम्ती शिविर सम्पन्न

ghumati sibir_kalikatimes

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिकामा मंगलबार २ दिने स्थायी बन्ध्याकरण घुम्ती शिविर सम्पन्न भएकाे छ । वडा नम्बर ५ बिरन्चीवर्वा स्थित दिब्य कन्या माविमा भएकाे शविरमा ३२ जना महिलाहरुले बन्धयाकरण गराएका छन्  ।

मेरीस्टोप्स क्लीनिक बिरगंज पर्साको सहयोग र जिल्ला स्वास्थ्य केन्द्र पर्साको आयोजनामा भएकाे शिविरमा गाउँपालिका अन्तर्गतका वडा नं.  १ का १०, २ का ३, ३ का ७, ४ का ३ र ५ का ९ जना गरी जम्मा ३२ जनाले बन्धयाकरण गराएका बिरन्चीबर्वा स्वास्थ्य शाखाका प्रमुख निरन्जन चौरसियाले बताए ।

शिविरमा डा. संतोष श्रेष्ठ र मेरीस्टोप्सकी स्टाफ नर्स बिना क्षेत्रीले बन्धयाकरण गरेको गरेेका हुन् । चौरसियाका अनुसार मंगलबार देखी शुरु भएको शिविरमा ३९ जनाले नाम दर्ता गराए पनि साेही दिन २३ जना र आज ९ जना गरी ३२ जनाले बन्ध्याकरण गराएका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.315 sec. Memory consumption:81.45 mb