23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

४ महिला सहित ५८ जनाद्वारा रक्त्तदान

raktadan karyakarm_kalikatimes
रक्त्तदान गर्दै एक महिला र रक्त्तदान गरेकालाई प्रमाण पत्र वितरण गरिदै । तस्बिर : प्रणय साह

वीरगंज । गिरिजा प्रसाद कोइराला फाउण्डेशनकाे आयाेजनामा शुक्रबार वीरगंजमा भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्त सञ्चार केन्द्र वीरगंजमा रक्त्तकाे अभाव भए पछि आयाेजना गरिएकाे रक्त्तदान कार्यक्रममा ४ महिला सहित ५८ जनाले रक्त्तदान गरेका छन् ।

जी.पी.कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली, मोहम्मद नौसाद, आकाश चौहान, कृष्ण पटेल, अर्जुन गुप्ता, एलिशा राय, बिन्दु कुमारी, अनुपम नायब , निरु श्रेष्ठ, मोहम्मद अफताब, बाबुनन्द प्रसाद पटेल, शेख एजाज, विकास चौहान, शेख शमिर लगायतकाले रक्त्तदान गरेका हुन ।

प्रदेश सांसद ओमप्रकाश शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे रक्त्तदान कार्यक्रमम वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उप प्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, दिगो महिला विकासकी अध्यक्ष सुषमा द्विवेदी, लिभगिं विथ नेचरका संयोजक रोहित र्वणवाल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

रक्त्तदान जीवन दान नाराका साथ गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा, दिगो महिला विकास पर्सा र लिभिगं विथ इन्भारोमेण्टले हातेमालो गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.151 sec. Memory consumption:81.41 mb