31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गोविन्दासँगै यसरी नाँचे नायिकाहरु(फोटो फिचर र भिडियाे सहित)

वीरग‌ंज आएका बलिउड चलचित्रका नायक गोविन्दा वीरगंजकाे आदर्शनगर रंगशालामा आयाेजित नेपाली चलचित्रमा स्वर्णिम महोत्सवमा सहभािग भएका छन् । महाेत्सव सुरु भएकाे प्रथम दिन बिहिबार ४ बजे गाेबिन्दाकाे प्रस्तुती रहने आयाेजकले वताए पनि उनी ३ घण्टा ढिलाे ७ बजे महाेत्सव स्थल पुगेका थिए ।

महाेत्सवमा सहभागिता जनाउदै गोविन्दाले विश्वको जुनसुकै देशमा पनि भाषाको संरक्षण गर्न चलचित्र र त्यसमा समावेश गीतको योगदान सबैभन्दा ठूलो रहेको वताए । उनले, नेपाली दर्शकबाट पाएको मायाले आफू सधै नै उत्साहित भएको भन्दै नेपालबाट माया पाएको सुनाए ।

गोविन्दाले ‘हर हर महादेव’ भन्दै दर्शकलाई नचाएका थिए । गोविन्दासँगै नेपाली चलचित्रका नायिकाहरु निरुता सिंह, स्वेता खड्का, वर्षा सिवाकोटी, रेजिना उप्रेती, कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला पनि नाचेका थिए । गोविन्दाका हिट गीतमा उनीहरु नाच्दै गर्दा माहोल संगीतमय बनेको थियो ।

गाेविन्दा संगै नेपाली फिल्मका नायिकाहरुले गरेकाे नृत्यकाे केमरामा कैद केही दृश्य । तस्विर : प्रणय साह

आदर्श नगर रंगशालामा आयोजना भएको महोत्सवमा गोविन्दा पुग्दा ठूलो भीड लागेको थियो । गोविन्दालाई भिडबाट जोगाउन प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो । गाेविन्दाले गरेकाे नृत्य हेर्नुहाेस् ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:5.249 sec. Memory consumption:81.66 mb