22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

घरेलु तथा साना उधोग संरक्षण सम्बद्धन अहिलेको आवश्यकता : सांसद यादव

वीरगन्ज । घरेलु तथा साना उधोगको संरक्षण सम्बर्धन गर्न सरकारद्धारा प्रभावकारी निति ल्याउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ ।

वीरगन्जको रानीघाटमा रहेको नवनिर्मित यूनिक बेकरी प्राइवेट उधोगको उदघाटन गर्दै सांसद यादवले विश्वनै आर्थिक मन्दीको अवस्थाबाट गुजरी रहेको हामिजस्तो साना देशहरु अर्थतन्त्रलाई घरेलु उधोगहरुको संरक्षण सम्बद्धनबाट ठुलो टेवा पुगन सक्ने धारणा व्यक्त गर्नुभयो ।

स्वदेशी कांचा पदार्थमा आधारित साना तथा घरेलु उधोगहरुको लगानीलाई प्रभावकारी बनाउन संघीय तथा प्रादेशिक सरकारले प्रभावकारी निति ल्याउन आवश्यकता रहेको नेता यादवको भनाइ रहेको थियो । प्रदेश नम्बर २मा रहेका स्थानिय कच्चा पदार्थबाट चलन सक्ने घरेलु उधोगहरुलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उहाको भनाइ थियो ।

लगभग ७०लाखको चालु पुजीमा अत्याधुनिक मसिनहरुबाट निर्मित हुने बेकरी उधोगमा टोस्ट, पिजा, बरगर, सैन्डवीच, केक, प्रष्टीज, ब्रेड लगायतका सामग्रीहरु उदपादन हुने उधोगका संचालक जौवाद अहमदले कार्यक्रममा जानकारी गराउनु भयो ।

उनले स्वचालित मसिनहरुबाट निर्मित हुने उक्त बेकरी उधोग वीरगन्जको पहिलो बेकरी उधोग भएको कार्यक्रममा जानकारी समेत गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.552 sec. Memory consumption:81.41 mb