26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

कालिका टाईम्स प्रथम बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश

kalikatimesko barsik utsaw

वीरगंज । कालिका टाईम्स प्रा.लि. वीरगंजद्वारा संचालित अनलाईन मिडिया कालिका टाईम्स डट कम (kalikatimes.com) एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको छ । सो अवसरमा वीरगंजको पानीटंकी स्थित रहेको कालिका टाईम्सको कार्यालयमा एक कार्यक्रम बिच बार्षिकोत्सव मनाइएको छ ।

कालिका टाईम्सको निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा कालिका टाइम्स संग आवद्ध भएकाहरु केक काटेर बार्षिकोत्सव मनाएका हुन ।

कार्यक्रममा वोल्दै निर्देशक छठु साहले विभिन्न बाद्धा र अडचनका साथ हामीले कालिका टाईम्स एक बर्ष पुरा गरेको वताउदै सहयोग गरेकोमा सबैलाई धन्यावाद ज्ञापन गरे । उनले अगामी दिनमा अझै प्रकाशसन समाग्री सदृढ गर्दै तथ्यको अधारमा प्रभावकारी ढंगले प्रकाशन गर्ने प्रतिबद्धता जनाए ।

kalika times team

कालिका टाईम्सका सम्पादक बृजलाल पासवानले कालिका टाईम्स एक बर्षको द्वारानमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको वताए । अरु संचार माध्यम भन्दा फरक ढंगले कालिका टाईम्सले समाचार प्रसारण गर्ने गरेको उनको दावी थियो ।

कार्यक्रममा कालिका टाईम्स संग आवद्धहरुको मात्र सहभागिता रहेको थियो भने नजिकदै गरेको हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको सुभकान अदान प्रदान समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण कालिका टाईम्स डट कम समाचार सम्पादक शम्भु कुमार सुमनले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:222. Generation time:3.724 sec. Memory consumption:81.43 mb