26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कानु हलुवाई समाज बाराद्वारा विभिन्न व्यक्ति सम्मानित

kanu samajko saman karyakarm_kalikatimes

वीरगंज । कानु हलुवाई कान्दु मध्यदेशिय समाज नेपाल बाराले आज कलैयामा आयोजित एक कार्यक्रमका बिच ज्योतिष एवं धर्म शास्त्रका शोधकर्ता डाँ. रिषभ रेशुलाई सम्मानित गरेको छ । समाजको राष्ट्रिय एकता अभियान एवं आठौं केन्द्रिय बैठकको अवसरमा आयोजित कार्यक्रममा डाँ. रेशुलाई सम्मानित गरिएको हो ।

संस्थाले कानु समाजको प्रतिष्ठा देश बिदेशमा बढाएको तथा छोटो उमेरमा नै समाजको लागि महत्वपुर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको संस्थाका जिल्ला अध्यक्ष द्वारिका साह कानुले बताए । केन्दिय अध्यक्ष आर. बि साहको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नाक कान र घाटी रोगका बिशेषज्ञय डा. अशोक कुमार गुप्ता लगायत उच्च ओहदामा बसी समाजलाई योगदान गर्ने बिभिन्न व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो ।

वक्ताहरुले कानु सममजको नाममा खोलिएका जातिय संगठनहरुलाई एकिकरण गरि नयाँ सिराबाट अघि बढन सुझाव दिएका थिए । साथै जातिय एकता कायम गर्दै समाजबाट दाईजो प्रथा उन्मुलन गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साह, पुर्व सांसद प्रमोद गुप्ता, कार्यक्रम संयोजक हरिनारायण साह, केन्द्रिय कोषाध्यक्ष रामाशिष साह कानु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.392 sec. Memory consumption:81.45 mb