30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सामा विभिन्न घटनामा ४ को मृत्यु

death boday_kalikatimes

बीरगंज, १४ जेठ ।
पर्सामा विभिन्न घटनामा ४ को मृत्यु भएको छ । बाईपास रोड स्थित सोमबार घरको जग निर्माणको क्रममा माटाको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । नारायण जलानको घर निर्माणको क्रममा जग खन्दा माटाको ढिस्कोले पुरीदा तिन जना घाईते भएका थिए ।

घाइते तिन मधे दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको इटियाहीका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका चैनपुरका जवाही साह रहेका छन् । घाइते परवानिपुर गाउँपालिका चैनपुरका राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको छ । घाइते तिनैजनालाई उपचारको लागि बीरगंज स्थित तराई हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा घाइतेको अवस्था गम्भिर भएपछि गण्डक अस्पताल रिफर गरिएको थियो । दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पासोलगाई दुई जनाले आत्म हत्या गरेका छन । सोमबार बिरगंज महानगरपालिका वडा नं.२१ का सिकिन्द्र साहको छोरी १४ बर्षिय निलम कुमारी साह र बिन्दवासिनि गाउँपालिका वडा नं.२ गरदौल का चान्छी पटेलको श्रीमती २५ बर्षिय रमिता देवी पटेलले पासो झुन्डीएको अवस्थामा मृत फेला परेका हुन ।

घरमा कोही नभएको बेला आफ्नो सुत्ने कोठाकोे सिलिङ पाङखामा सलको पासो बनाई झुडिएको अवस्थामा निलनमलाई निजको काकाले देखी तत्काल उपचारको लागी बिरगंज हेल्थ केयरमा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परिक्षणका लागी नारायणी अस्पतालमा राखिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.262 sec. Memory consumption:81.41 mb