24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एनिमेटरहरुको लागि संचालित तेस्रो मोडल तालिम सम्पन्न

वीरगंज, १३ माघ ।
किशोरी सशक्तीकरणको लागि किशोरी सम्बाद कार्र्यक्रम अन्तर्गतका एनिमेटरहरुको लागि वीरगंजमा संचालित तेस्रो मोडल तालिम आइतबार सम्पन्न भएको छ । बिहिबार देखी विजय ज्योति होटल वीरगंजमा सुरु भएको ४ दिने तालिम सम्पन्न भएको हो ।
तालिमका सहभागि एनिमेटरहरुलाई प्रशिक्षक भिम कुमार राई, पुर्जा बर्मा र प्रकाश पाण्डेले प्रशिक्षण दिएका थिए । युरोपियन युनियनको सहयोगमा संरक्षण नेपाल र चाइलड नेपालको सहकार्यमा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आर.आर.एन) ले तालिमको आयोजना गरेको थियो ।
किशोरी सम्वाद कार्यक्रम व्यवस्थापक भानु पराजुलीको अध्यक्षतामा र बाराको फेटा गाउँपालिकाकी उपाध्यक्ष कमरुन खातुनको प्रमुख आतिथ्यतामा तालिमको समापन समाहरोह भएको थियो । तालिमकाे उद्घाटन बिहिबार वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले गरेकी थिइन ।
तालिममा एनिमेटरहरुलाई समूह गठन, बचत, ऋण, आयआर्जन, ब्यवसाय सम्बन्धि अधारभुत जानकारी, स्थानिय स्तरमा गर्न सकिने ब्यवसाय लगायतको विषयहरुमा प्रशिक्षण दिईएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:208. Generation time:5.038 sec. Memory consumption:81.24 mb