24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जोन्सको १४० औं जन्मदिनको अवसरमा मानव सेवा आश्रममा कार्यक्रम

jonas-kalikatimes

वीरगंज, २९ पुस ।
लायन्स क्लब इन्टरनेशनलको संस्थापक मेलविन जोन्सको १४० औं जन्मदिन मानव सेवा आश्रम वीरगंजमा मनाएको छ । लायन्स तथा लियो क्लब अफ वीरगंज र लायन्स क्लब बीरगंज सेन्ट्रलले संयुक्त रुपमा आइतबार दिउसो आश्रममा खाजा खुवाई जन्मदिन मनाएको हो ।

क्लबका पदाधिकारी तथा सदस्यहरुले संस्थापक जोन्सको जन्मदिनको अवसरमा आश्रममा पुगी केक काटनुको साथै आश्रमका ४३ जनालाई दिउसोको खाजा खुवाएका छन । कार्यक्रममा वोल्दै लायन्स क्लब अफ वीरगंजका सह सचिव दिगम्बर थापाले आश्रमलाई प्रत्यक महिना एक हजारका दरले सहयोग गर्ने घोषणा गरे ।

सह सचिव थापाको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब आँफ वीरगंज सेन्ट्रलकी अध्यक्ष मिरा खेतान, लायन्स क्लब अफ वीरगंजका पूर्व कोषाध्यक्ष राजेश बर्णवाल, सदस्य पप्पु श्रीवास्तव, सुमिर भंगर, रीता अग्रवाल, पबित्र गजुरेल, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्ष दिपेन्द्र यादव, सरिता खड्गी, सलाहकार इशक कुमार, पत्रकार शम्भु कुमार सुमन, मानव सेवा आश्रमका दिवेश गुप्ता, ऋषभ अग्रवाल, लियो क्लबकी अध्यक्ष अंजली गर्ग, सचिव मेराजुल हवारी, सदस्य भगवती सिगदेल, नाजिया रहमानी, रीतिक कुशवाहा, सारदा प्रधान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.126 sec. Memory consumption:81.46 mb