26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

७५ किलो ग्राम लागु औषध गांजा सहित बाबु छोरा पक्राउ

राजन कुमार बानिया/पोखरिया ३ मंसिर ।

भारतको सिमावर्ती ईनार्वा प्रहरीले खमिया सामुदायिक भवनको नजिक बाट ७५ किलो ग्राम गांजा सहित दुई जनालाई पक्राउ गरेको छ । ईनार्वा प्रहरी प्रमुख अमरेन्द्र कुमारले दिनुभएको जानकारी अनुसार गांजा सहित पक्राउ परेका भारत बिहार बेतिया जिल्ला ईनार्वा थाना खमिया गाउँ निवासी गुदर महतो र उनका छोरा सुनिल महतो रहेका छन।

नेपालको पटेर्वासुगौली सोनवर्षाबाट सुपौली गाउँ हुँदै पाण्डेपुरको नाका हुँदै भारतको ईनार्वा खमिया तरफ भरियाको माध्यमले गांजाको अाईरहेको सुचनाको अधारमा ईनारवा प्रहरीका जवानहरुले बोर्डरमा नाका लगाएकोमा नेपालबाट भारत तरफ लगने कर्ममा भारतिय प्रहरीले पक्राउ गर्दा दुईजना पक्राउ परेको र अरु गांजा तसकरहरुले गांजा खमिया सामुदायिक भवनको अगाडि फालेर नेपाल तरफ भागेर वचन सफल भएका छन ।

गांजा तसकर हरु १५ /२० जनाको संख्यामा रहेको थियो,  त्यस मध्य ५ वटा पोका फालेर भागे  र पाचवटा पोकाबाट तौल गर्दा ७५ किलो गांजा बरामद भएको थियोे । पक्राउ परेका गांजा र दुई तस्करहरुलाई ईनार्वा प्रहरीले ईनार्वा थाना मा लयाई गांजा तस्कर बाबू ,छोरालाई बेतिया जेल पठाएको छ ।

पक्राउ परेका गांजाको किमत अन्तर्राष्ट्रिय मूल्य १ करोड रहेको छ । पक्राउ परेका गांजा  गुदर महतोले लागुअौषध, चोरी, डकैती अपहरण, जस्ता मुदामा भारतिय जेलमा कतिचोटी पहिला पनि गएको थियो । कति मुदाको अारोपित गुदर महतोले नेपालको मुडली गाउँमा शरण लिएर मुडलीका र सोनबर्षा, पटेर्वा सुगौली, सुपौली, सुहपुरसोहरी गाउँका तस्करहरु संग मिलेर गांजा तस्करी गराई रहेको थियोे । ईनार्वा प्रहरी ले १२ जनाको नाउमा गोप्य नाम जद गरेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.594 sec. Memory consumption:81.45 mb