31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

रौतहटमा मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार

रौतहट, ६ कात्तिक ।  दशैंको अवसरमा मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् । राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् ।

त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् । घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:3.677 sec. Memory consumption:81.78 mb