कास/वीरगंज, १ कात्तिक ।
हेडपी नेपालले अाज वीरगंजकाे अादर्शनगर रंंगशालामा अायाेजना गरेकाे भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा तोडफोड भएको छ । कार्यक्रमका मुख्य कलाकार खेसारीलाल यादवले २ अाेटा गाना मात्र प्रस्तुत गरे पछि कार्यक्रम विशेष कारण बस एहि समाप्त गर्नु परेको वताए पछि आक्रोशित भएका दर्शकहरु तोडफोड गरेका थिए । कार्यक्रम १ घण्टा मै स्थगित भए पछि मंंहगाे दरमा टिकट कटाएर टाढा टाढाबाट अाएकाहरु कार्यक्रम स्थल कैै कुर्ससी तोडफोड गरेका थिए ।
६०० देखी २५०० सम्मको टिकट कटाएर आएका पर्सा, बारा, रौतहट र भारत बिहारका १०० अाैं जनताहरू आयाेजकलाई गाली गलाैज गर्दै घर फरकेका छ्न । ३ बजे देखि हुने भनिएको कार्यक्रम ६ बजे देखि सुरु भएको थियो ।
कार्यक्रमका मुख्य कलाकार खेशारी लाल यादव, अम्रपाली दुबे र काजल राघवनी नआउने बिहिबार दिन भरी हल्ला चल्ले पनि राती ६ बजे कार्यक्रम स्थल पुगेका थिए । रु २५ सय तिरी रौतहटबाट कार्यक्रम हेर्न वीरगंज पुगेका राजिव कुमारकुमारले भने ३ बजे देखि ९ बजे सम्म कार्यक्रम हुने हामीलाई भनिएको थियो तर यो त एक घन्टा मै कार्यकम समाप्त गरेर हामीहामीलाई आयोजकले ठगेकाे छ ।
यस्तै अर्का एक दर्शक रु १५०० को टिकट किनेर कार्यक्रम हेर्न आएका बारा जिल्लाका सुरेन्द्र यादवले आयोजक प्रती आक्रोश पोख्दै भने हामी ठगिएका छौ । हामी संग धाेका भएकाे छ ।
ई त मत्र उधारण हुन यस्तै १५०० देखि २००० जनताहरु टिकट किनेका थिए ती सबै निराश भएर घर फर्केका छ्न । यता कार्यक्रम आयोजनाहरु गरेकाहरु हेडपी नेपालका पदाधिकारीहरु लाखौं रुपया कमाई बिदेश भ्रमणमा जान लागेको बुझिएको छ । उनिहरु कात्तिक ५ गते नै कनेडा भ्रमणमा जान लागेको बुझिएको छ ।