21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भारतको उडिसा राज्यमा आएको अांधीमा २१ जनाको मृत्यु

 काठमाडौं, २८ असाेज । भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । गत बिहीबारदेखि शुरु प्रकोपमा परी शनिबारसम्ममा २१ को ज्यान गएको हो ।

अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी २१ जनाले ज्यान गुमाएको उडिसाका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् ।

आँधीले उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ ।

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सबैभन्दा धेरै प्रभावित भएको बताइएकको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेकामध्ये अरु चार जना हराइरहेका छन् ।

त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.446 sec. Memory consumption:81.45 mb