24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

७० के.जी. लागु औषध गांजा धुलो र चरेश सहित २ जना पक्राउ

लागु औषध गांजा धुलो र चरेश सहित पक्राउ परेका २ जना । तस्बिर : प्रणय साह

वीरगंज, २६ असोज ।
पर्सा प्रहरीले लागु औषध गाँजा धुलो ४८ के.जी. र चरेश २१ के.जी. सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटेको संयुक्त प्रहरी गस्ति टोलीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. १, गदियानीबाट २ जना तस्कर सहित ठुलो परिमाणमा लागु औषध गाँजा धुलो र चरेश पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ बस्ने चलान सिंहको छोरा अं. बर्ष ५५ का बिर बहादुर मोक्तान र सर्खेत पलासी गाउँपालिका वडा नं. २ बस्ने रामलाल स्याङतानको छोरा अं. बर्ष ४४ को सुर्य बहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ ।

विहान करिब साढे ४ बजेको समयमा पटेर्वा गदियानीको पश्च्मि जंगल तिरबाट पुर्ब तर्फ ८/९ जना पुरुष व्यक्तिहरु टाउकोमा नाम्लोको भारी लगाई ढाड्रमा बोरा भरी आइरहेको अवस्थामा देखी निजहरुलाई रोक्न लाग्दा अन्य व्यक्तिहरु बोकी ल्याएको बोरा फाली फरारमा भएको र २ जनालाई मात्र प्रहरी गस्ती टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।

चाडपर्वको फाईदा उठाई लागु औषध तस्करहरुले मकवानपु तिरबाट लागु औषध चरेश समेत ओसार पोसार गरि ल्याइरहेका छन भने बिशेष सुचनाको अधारमा खोजतलाश गर्दै जादा पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रेवती ढकालले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.219 sec. Memory consumption:81.41 mb