24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

ह्युम पाईप घटनाको बिषयमा अखिल र अखिल (क्रान्तिकारी) द्धारा प्रजिअलाई ज्ञपान

वीरगंज ,२३ असोज  ।
सतारुढ दल नेपाल कम्युनिष्ठ पाटिको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु पर्साले ह्युम पाईपले च्यापिएर १ जना बालकको ज्यान गएको तथा अन्य ३ जना घाईते भए पछि दोषीलाई कारवाहीको माँग गर्दै पिडित परिवारलाई तुरुन्त राहतको व्यवस्था मिलाउन माँग गरेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य ईश्ककुमार , महम्द जुबेर आलम र अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई ज्ञापन पत्र बुझाउदै उक्त माँग गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बंगला दरबारमा सोमबार कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युम पाईपमा खेल्ने क्रममा गम्भिर घाइते भएका वीरगन्ज ९ रानीघाटका चार जना बालबालिका मध्ये एक बालकको मृत्यु भएको छ ।
घाइते भएका चार जना बालबालिका मध्ये बालमुकुन्द राउत चौधरीका छोरा आठ वर्षका रोहीत राउत चौधरीको मृत्यु भएको हो ।
घाइते ३ जना मध्येका वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको काठमाण्डौको बिएण्डबी अस्पतालमा उपचार गराइरहेका छन । भने वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार  भईरहेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:208. Generation time:3.314 sec. Memory consumption:81.2 mb