30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

हृयुम पाइपले किचेर घाइते भएका मध्ये एकको मृत्यु update

वीरगंज, २२ असोज ।

बीरगंजको लाल बंगल परिसरमा थुपारिएको हुयुम पाइप पल्टिदा आज सांझ खेल्ने गएका ४ बालबालिका च्यापिएर घाइते भएका मध्य एक जनाको मृत्यु भएको छ ।  घाइते भएका चारजना बालबालिकामध्ये बालमुकुन्द राउत चौधरीका छोरा वर्ष आठका रोहित चौधरीको मृत्यु भएको हो । गम्भिर घाईते भएका ८ राेहितकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति सवा आठ बजेतिर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी घाइते भएका छन् । त्यसैगरि वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव पनि घाइते भएकी छन् ।

१० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवै दिदीबहिनीलाई सोमबार राति नै एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्की गम्भीर  घाइते वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै शल्यकृया भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

यस्तै जिरा भवानी १ का गोविन्द चौधरीका दुई छोरी पनि घाइते भएका छन् । १० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ ।

कालिका कन्स्ट्रक्सन प्रा.लि.ले अण्डर ग्राउण्ड नाला निर्माणका लागि बीरगंज महानगरपालिका वडा नम्बर  ९ स्थित लाल बंगला परिसरमा हुयुम पाईप थुपारेर राखेको  छ । हुयुम पाईपको थुप्रो माथि चढेर खेल्ने क्रममा अचानक हुयुम पाईप गुडकिएर खस्दा बालबालिका च्यापिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:218. Generation time:3.431 sec. Memory consumption:81.45 mb