30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नहरमा पानी नआउदा कृषकहरु मर्कामा

पर्सा, २० असोज ।
पर्साको ग्रामिण भेगका नहरहरुमा पानी नआउदा कृषकहरु मर्कामा परेका छन । बिगत केही दिन देखी पानी नपरेकोले खेतमा पानी सुके पछि कृषकहरु चिन्तामा परेका हुन ।

धान फल्ने समयमा नै खेतमा पानी नरहेको र नहरमा पनि पानी नआउदा कृषकहरु चिन्तामा परेका छन । नारायणी सिचाई डिभिजन कार्यालय डिभिजन नम्बर ५ द्धारा बितरित पानी ब्लाकनम्बर २ को एमएससीहरु र बिएससीहरुमा पानी नआउदा कृषकहरु बाध्य भएर दमकल प्रयोग गर्न थालेका छन ।

खेतमा पानी हाल्न कृषकहरु खोला, नदी, पोखरी, तलाउमा बिभिन्न माध्यमबाट सिचाई गर्न बाध्य रहेको जगरनाथपुर गाउालिकाका कृषक मुनेश्वर यादवले बताएका छन ।

यस बर्ष धानका लागी प्रयाप्त मात्रामा पानी पर्दै आएको तर धान फल्ने समयमा नै पानी नपरेको र नहरमा पनि धान फल्ने समयमा नै पानी नआउदा धानवालीमा कमी आउने कृषकहरु बताएका छन ।

यस बिषयमा गाउँपालिकाका जनप्रतिनिधीहरु चनाखो नभएका कारण कृषकहरुलाई समस्या भोग्नु परेको कृषकहरुले गुनासो गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.414 sec. Memory consumption:81.45 mb