26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

१३ असोज, काठमाडौं ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी छन् ।
ओसामा विन लादेन मारिएपछि सबै तथ्य बाहिर आएपनि पाकिस्तानलाई कुनै ग्लानी नरहेको भन्दै उनले भनिन्, ‘९/११ का मास्टरमाइण्ड त मारिए तर, २६/११ का मास्टरमाइन्ड हाफिज सइद अहिले पनि पाकिस्तानमा चुनाव लडिरहेका छन् । भारतले कयौं पटक पाकिस्तानसँग कुरा गर्न खोजेको तर, एकपछि अर्को आक्रमण भएको उनले बताइन् ।

विदेशमन्त्री स्वराजले भनिन्, पाकिस्तान आतंकवादीहरुलाई स्वतन्त्र सेनानी भनिरहेको छ । जसले हामीमाथि आक्रमण गर्छ, उसलाई बहादुर घोषणा गरेर सम्मान गर्छ ।’ उनले राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठाउँदै आतंकवादलाई परिभाषित गर्न आग्रह समेत गरेकी छन् । भारतीय विदेशमन्त्री स्वराजले भनिन्, ‘राष्ट्रसंघको गरिमा र उपयोगिता समयसँगै कम भइरहेको छ । राष्ट्रसंघमा सुधार आवश्यक छ ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिकटामा जाली नोट सहित दुई जना पक्राउ

कालिका टाईम्स

इन्स्पेक्टर शर्माकाे सहयाेगमा १३ बर्षिया बालिकाकाे उद्दार, ४३ बर्षिया खान पक्राउ

कालिका टाईम्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी

कालिका टाईम्स
SQL requests:217. Generation time:5.007 sec. Memory consumption:81.67 mb