KALIKATIMES.COM

रामनवमीकाे अवसरमा कुस्ती प्रतियाेगिता, पूर्व मन्त्री रिजालद्वारा उदघाटन

वीरगंज । रामनवमीकाे अवसरमा बुधबार पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ चिलझपट्टीमा मेला लागेकाे छ । मेलामा आयाेजित कुस्ती प्रतियाेगिताकाे उदघाटन पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य (सांसद) रमेश रिजालले गरेका हुन् ।

 सखुवनिया माईको मन्दिर नजिकै भएकाे कुस्ती प्रतियाेगितामा नेपाल र भारतका प्रसिद्ध पहलवानहरु भाग लिएका थिए । प्रतियाेगिताका विजेताहरुलाई नगद पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

मेला आयोजक समितीका अध्यक्ष सन्तोश कुशवाहाको अध्यक्षतामा भएकाे कुस्ती प्रतियाेगितामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष बिहारी महतो नुनिया, नेपाली कुशावाहा, नेपाली कांग्रेसका नेता रामदेव चौहान, प्रेम थापा, विनय द्विवेदी लगायतकाे उपस्थिति रहेको थियो ।

यसैगरी रामनवमी कै अवसरमा कालिकामाई गाउँपालिकाकाे वडा नं. ३ हरिहरपुरस्थित कालिकामाई मन्दिर, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ बन्जारीस्थित छिपहरमाई मन्दिर लगायतकाे ठाउँमा पनि मेला लागेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.610 sec. Memory consumption:72.06 mb
Send this to a friend